काठमाडौं, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्न समयसापेक्ष नयाँ कानुन निर्माण गर्न लागिएको बताउनुभएको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथिको दफावार छलफलमा उहाँले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा, सिर्जनशीलता र आर्थिक विकासको उद्योगका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो।
उहाँले चलचित्रको सेन्सर र वर्गीकरणबीचको भिन्नता स्पष्ट पार्दै अन्तरराष्ट्रिय अभ्यासअनुसार कानुनी व्यवस्था परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो। साथै चलचित्र विकास बोर्डलाई स्वायत्त र अधिकारसम्पन्न बनाउने तथा तीनै तहका सरकारको जिम्मेवारी स्पष्ट पार्नुपर्ने बताउनुभयो।
विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमा बक्स अफिस प्रणाली, चलचित्रकर्मीको श्रम अधिकार, विदेशी लगानी, मातृभाषाका चलचित्रको प्रवर्द्धन र अन्तरराष्ट्रिय बजार विस्तारलगायत विषय समेटिएका छन्। विधेयकमाथि २६ दफामा १२२ वटा संशोधन प्रस्ताव परेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special