काठमाडौं, चीनमा विकसित विद्युतीय यात्रुवाहक विमानले गत सप्ताहान्तमा चालक दलसहित पहिलो परीक्षण उडान पूरा गरेको छ । यसलाई चीनको स्वदेशी उड्डयन उद्योगको विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
विमान निर्माता चिनियाँ सरकारी स्वामित्वको कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) सम्बद्ध एक पत्रिकाका अनुसार, दुई पाइलट र एक इन्जिनियर सवार सीई-२५ए विमानले १६ मिनेट ३८ सेकेन्ड उडान गरेको थियो ।
उक्त पत्रिकाका अनुसार शनिबार उत्तरी शानडोङ प्रान्तमा गरिएको परीक्षण उडानका क्रममा विमानले ६० किलोमिटर दूरी पार गरेको थियो ।
पत्रिका तथा सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा निजी जेटको आकारको रातो रङको विमान धावनमार्गबाट उडेको, केही समय आकाशमा स्थिर रहेको र पुनः अवतरण गरेको देखिन्छ ।
प्रतिवेदनअनुसार १० टन तौल भएको उक्त विमानले एक पटकमा ४०० किलोमिटरसम्म उडान गर्न सक्छ भने यसमा १९ यात्रु अट्न सक्छन् ।
यसअघि उक्त विमानले चालक दलबिना १९ वटा परीक्षण उडान पूरा गरिसकेको थियो । यसको पहिलो सफल परीक्षण उडान गत फेब्रुअरीमा भएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
Previous Articleदुई कैदीबन्दी पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special