काठमाडौं, तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणमा नेपाली बलरले प्रभावशाली प्रदर्शन गरेका छन्। सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका चार खेलाडीमध्ये तीन नेपाली छन्। ब्याटिङतर्फ भने सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विदेशी ब्याटर शीर्ष स्थानमा छन्।
चितवन राइनोजका कमलसिंह ऐरी र रिजन ढकाल तथा जनकपुर बोल्ट्सका राहुल यादवले समान १२ विकेट लिएका छन्। काठमाण्डु गोर्खाजका पाकिस्तानी बलर जहानदाद खानले पनि १२ विकेट लिएका छन्।
कमलसिंहले छ खेलको पाँच इनिङमा ५.७२ को इकोनोमी रेटमा १२ विकेट लिएका हुन्। रिजनले छ खेलमा १२ विकेट लिएका छन्। उनीहरूको उत्कृष्ट बलिङ प्रदर्शन क्रमशः २६ र २४ रन दिएर चार विकेट लिनु हो। यस्तै, राहुलले सात खेलमा १२ विकेट लिएका छन् भने जहानदादले पनि सात खेलमा समान विकेट हात पारेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special