काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमनलाई व्यवस्थित बनाउने तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले गरिएको निगरानी र जाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो ।
उनका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८ जना, सिसीटिभी क्यामेराको निगरानीबाट पहिचान भएका ४० तथा ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ३४ जना रहेका छन् ।
त्यसैगरी, तीव्रगतिमा सवारी चलाउने १०३, निषेधित क्षेत्रमा हर्न बजाउने नौ, सवारीसाधनको अवस्था ठीक नभएका आठ, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने आठ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३७३ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको छ । कारबाहीमा परेका चालकलाई सवारी तथा यातायात व्यवस्थासम्बन्धी प्रचलित ऐन कानुनअनुसार जरिवानासहित आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleवर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह



NPL Special
NPL Special