काठमाडौं, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. गोविन्दराज पोखरेलले नेपाल र भारतबीच नयाँ हवाई रुटसम्बन्धी सम्झौता गर्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले भारतबाट थप हवाई रुट प्राप्त गर्नुपर्ने र भारतले मागेका रुट उपलब्ध गराउनुपर्ने उनको धारणा छ। नयाँ रुटको अनुमतिले दुवै देशलाई लाभ पुग्ने र नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमान अवतरणको वातावरण बन्ने उनले बताए।
नीति अनुसन्धान प्रतिष्ठान, नेपालले आयोजना गरेको नेपाल–भारत नीति संवादमा बोल्दै पोखरेलले पूर्वाधार विकाससम्बन्धी विगतका सम्झौता कार्यान्वयनलाई गति दिनुपर्ने बताए। साथै भारतीय लगानी आकर्षित गर्न माग्नेभन्दा साझेदारीको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
संवादमा सहभागी विज्ञहरूले सांस्कृतिक समानता, प्रविधि आदानप्रदान, साझा अनुसन्धान र जलस्रोत विकासमा सहकार्य बढाउनुपर्ने धारणा राखेका थिए। नेपालको विद्युत् उत्पादनलाई भारतमा सहज बजार उपलब्ध गराउनुपर्ने र दुई देशबीचको आपसी विश्वास थप बलियो बनाउनुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए।
नेपाल र भारतका विज्ञ सहभागी संवाद आइतबारसम्म सञ्चालन हुनेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special