काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा आइतबार नयाँदिल्लीमा हुने नेपाल–भारत व्यापारिक छलफलमा भारतीय सरकारका कुनै पनि मन्त्री सहभागी नहुने भएका छन्। नेपालमा भारतीय लगानी वृद्धि गर्ने विषय भ्रमणको प्रमुख एजेन्डा बनाइए पनि मन्त्रीस्तरीय प्रतिनिधित्व नहुने भएको हो।
भारतीय उद्योग परिसंघ (सीआईआई) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आयोजनामा हुने छलफलमा नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्नेछन्। कार्यक्रममा दुवै देशका उद्योगी, व्यवसायी तथा लगानीसम्बन्धी निकायका प्रतिनिधि सहभागी हुनेछन्।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्दैछन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट तथा प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा केही परियोजनाको उद्घाटन तथा शिलान्यास र विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाह सोमबार स्वदेश फर्कने कार्यक्रम छ।


NPL Special
NPL Special
NPL Special
NPL Special