दमौली, प्रथम व्यास मेयर कप फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका-१ ले जितेको छ । व्यास नगरपालिका नगर खेलकुद समितिको आयोजनामा मङ्गलबार व्यास-३ स्थित बिपी वनवाटिका खेलमैदानमा सम्पन्न फाइनल खेलमा व्यास-८ लाई १-० गोलअन्तरले पराजित गर्दै व्यास-१ ले पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको हो ।
प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा व्यास-१ ले व्यास-८ विरुद्ध निर्णायक गोल गर्दै उपाधि चुमेको हो । उपाधिसँगै व्यास-१ ले नगद रु एक लाख प्राप्त गरेको छ । उपविजेता बनेको व्यास-८ ले नगद रु ७५ हजारमा चित्त बुझाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleवन क्षेत्रका कारण मुन्दुम पदमार्गमा होमस्टे निर्माणमा समस्या



NPL Special
NPL Special