काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भोलि (आइतबार) भारत जाँदैछन्। उनी दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको विमानबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
परराष्ट्र मन्त्रालयका अनुसार दिल्ली पुगेपछि उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। मंसिर ७ गते भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।
वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकाससम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत छ।
प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोली ३४ सदस्यीय हुनेछ। टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल तथा अन्य उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्।


NPL Special
NPL Special
NPL Special
NPL Special