काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग परामर्श गर्ने परम्परालाई निरन्तरता नदिएको भन्दै आलोचना भएको छ। भारतसँग उठाउनुपर्ने राष्ट्रिय हितका मुद्दामा सुझाव नलिएको भन्दै राजनीतिक वृत्तमा असन्तुष्टि देखिएको हो।
विगतमा प्रधानमन्त्रीको विदेश भ्रमणअघि राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र राजनीतिक दलसँग छलफल गर्ने अभ्यास रहँदै आएको थियो। यस्तो परामर्शले विगतका सरकारबीच भएका सहमति, वार्ता र प्रतिबद्धताबारे जानकारी लिन तथा राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न सहयोग पुर्याउने गरेको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह आइतबार भारत भ्रमणमा जाँदै छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special