डोल्पा, जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका दुई जना कैदीलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । गत मंगलबार कारागारबाट फरार भएका कैदीहरूको खोजतलास गर्ने क्रममा आज त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित रङ गाउँमा कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका-७ घर भएका २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोट, नलगाड नगरपालिका-९ घर भएका १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन ।
यसअघि मंगलबार रुकुम पश्चिमबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका-५ का रेशम राना पक्राउ परेका थिए । यो संगै डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जनामध्ये अहिलेसम्म चार जना पक्राउ परेका छन् भने अझै चार जना फरार रहेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Next Article जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन



NPL Special
NPL Special