काठमाडौं, पर्यटकीय सहर पोखरामा प्याराग्लाइडिङप्रति स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ। मौसम सफा रहेसँगै हिमाल, ताल र हरिया डाँडापाखाको दृश्यावलोकन गर्दै प्याराग्लाइडिङ गर्ने पर्यटकको सङ्ख्या दैनिक दुई सयभन्दा बढी पुगेको छ।
नेपाल हवाई खेलकुद संस्थाका अनुसार प्याराग्लाइडिङ गर्नेमा करिब ६० प्रतिशत विदेशी र ४० प्रतिशत नेपाली पर्यटक छन्। दसैँ–तिहारको समयमा दैनिक चार सयसम्मले उडान भरेका थिए। पोखरामा ५४ कम्पनीमार्फत २३० जना तालिमप्राप्त पाइलटले सेवा दिँदै आएका छन्।
सराङकोट र तोरीपानीबाट उडान भरेर फेवाताल किनारको खपौदीमा अवतरण गरिन्छ। पर्यटकले आठ हजार पाँच सय रुपैयाँमा १५ देखि ३० मिनेटसम्म उडानको अनुभव लिन सक्छन्।
व्यवसायीले विदेशी पर्यटक आकर्षित गर्न उडान क्षेत्र विस्तार र प्याराग्लाइडिङ प्रतियोगितालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन्। पोखरामा प्याराग्लाइडिङसँगै बञ्जी, स्काइडाइभिङ, अल्ट्रालाइट र हट एयर बेलुनजस्ता साहसिक गतिविधि पनि सञ्चालन हुँदै आएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special