काठमाडौं, बाजुरामा स्याउखेती विस्तारसँगै उत्पादनमा वृद्धि भएको छ । यस वर्ष जिल्लामा ३३७ मेट्रिकटन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा उत्पादन बढे पनि कुल उत्पादनको ५६ प्रतिशत मात्रै बिक्री भएको छ ।
केन्द्रका अनुसार स्वामीकार्तिक खापरमा १२५, जगन्नाथमा ९७, बुढीनन्दा नगरपालिकामा ७८ र हिमाली गाउँपालिकामा ३७ मेट्रिकटन स्याउ उत्पादन भएको छ । यस वर्ष स्याउ बिक्रीबाट एक करोड ७१ लाख ३७ हजार रुपैयाँ आम्दानी भएको छ ।
जिल्लामा ४२५ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिए पनि २१० हेक्टरमा मात्रै उत्पादन भइरहेको छ । स्थानीय जातसँगै फुजी, गाला र गोल्डेनजस्ता उन्नत जातका स्याउखेती पनि विस्तार हुँदै गएको छ ।
उत्पादन बढे पनि सडक अवरुद्ध हुने समस्या, महँगो ढुवानी, बजारको अभाव र शीतभण्डार नहुँदा किसानले उचित मूल्य पाउन सकेका छैनन् । सडक, ढुवानी र भण्डारण सुविधा सुधार गर्न सके स्याउखेतीले जिल्लाको आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


NPL Special
NPL Special
NPL Special
NPL Special