संयुक्त राष्ट्रसङ्घले भारतमा शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको कडा कारबाहीप्रति चिन्ता व्यक्त गरेको छ। राष्ट्रसङ्घले प्रदर्शनको अधिकार सम्मान गर्न, मानवाधिकार उल्लङ्घनका घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई जवाफदेही बनाउन भारतीय अधिकारीहरूलाई आग्रह गरेको छ। नयाँ दिल्लीमा विद्यार्थी तथा मजदुर अधिकारका लागि काम गर्ने १० कार्यकर्ता पक्राउ परेको घटनामा दुर्व्यवहार र जबर्जस्ती बयान गराइएको आरोपसमेत लगाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


