काठमाडौं, काठमाडौंका नदी किनारबाट हटाइएका सुकुम्वासीलाई भक्तपुरको होल्डिङ सेन्टर पनि खाली गर्न सरकारले निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै बोडेस्थित कृषि विकास तालिम केन्द्रमा रहेका परिवारलाई मंसिर ११ गते दिउँसो २ बजेसम्म ठाउँ खाली गर्न भनेको हो।
प्रशासनका अनुसार होल्डिङ सेन्टरमा १९ परिवार बस्दै आएका छन्। तीमध्ये सात परिवारको पुर्ख्यौली थलोमा जग्गा रहेको र १२ परिवारको नाममा कतै जग्गा नभएको पाइएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा गत वैशाख १२ गतेदेखि नदी किनारका सुकुम्वासी बस्ती हटाइएको थियो। त्यतिबेला तीन महिनाभित्र बसोबासको व्यवस्था गर्ने बताइए पनि अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन। उल्टै परिवारहरूलाई होल्डिङ सेन्टरसमेत खाली गर्न भनिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special