काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुसी वाइल्सलाई हटाउँदै आफ्ना निकट सहयोगी स्टेफन मिलरलाई ह्वाइट हाउसको चिफ अफ स्टाफ नियुक्त गरेका छन्। ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत सोमबारदेखि मिलरले नयाँ जिम्मेवारी सम्हाल्ने घोषणा गरेका हुन्। यसअघि उपप्रमुख रहेका मिलर ट्रम्पका पहिलो कार्यकालदेखि वरिष्ठ सल्लाहकारका रूपमा कार्यरत थिए। वाइल्सलाई भने राजनीतिक अभियान सञ्चालनको जिम्मेवारी दिइने ट्रम्पले बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special