कपिलवस्तु, कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
लालपुर्जा प्राप्त गर्ने ८० वर्षीया स्थानीय मधुरा कुर्मिनीले जीवनको उत्तरार्धमा आएर आफ्नो जग्गाको स्वामित्व प्रमाणित हुने कागजात पाउँदा खुसी लागेको बताइन् । लामो समयदेखि आफूले भोग चलन गर्दै आएको जग्गाको पुर्जा पाउने आशा पूरा भएको उल्लेख गर्दै उनले भनिन् , “वर्षौंदेखि यही जग्गामा बस्दै र भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा थिएन । अहिले बुढेसकालमा भए पनि लालपुर्जा पाउँदा निकै खुसी लागेको छ । अब आफ्नो जग्गा आफ्नै भएको प्रमाण हात परेको छ ।”
कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका-९ मा आयोजित कार्यक्रममा वडा नं १, ७ र ९ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प



NPL Special
NPL Special