काठमाडौं, परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस हुने अपेक्षा गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रतिवेदन पेस गर्न समय उपलब्ध हुने विश्वास व्यक्त गरे।
भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले ईपीजी प्रतिवेदन पुरानो भइसकेको र यसको औचित्य समाप्त भएको अभिव्यक्ति दिएपछि परराष्ट्र मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो।
प्रवक्ता क्षेत्रीले ईपीजी गठनका मूल उद्देश्यसँग सम्बन्धित द्विपक्षीय विषयमा दुवै पक्षले संयुक्त रूपमा काम अघि बढाउनुपर्ने बताए।
सन् २०१८ मा तयार भएको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमानेपछि हालसम्म थन्किएको छ। प्रतिवेदन पहिले भारत र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति थियो।


NPL Special
NPL Special
NPL Special
NPL Special