काठमाडौं, सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ।
नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री सीता बादीले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने नीति कार्यान्वयन भइरहेको बताइन्।
चालु आर्थिक वर्षको बजेटमा विनियोजित एक अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट करार कर्मचारी, शिक्षक र बालविकास सहजकर्तालाई कोषमा आबद्ध गराउने प्रक्रिया थालिएको उनले जानकारी दिइन्। स्थानीय तहको सहयोगमा आबद्ध हुने अनौपचारिक क्षेत्रका श्रमिकका लागि सरकारले हाललाई एक प्रतिशत योगदानसमेत जम्मा गरिदिने व्यवस्था गरेको छ।
हाल कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत छन्। कोषमा एक खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान सङ्कलन भएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special