नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई खेलहरू हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्याह्न १२:३० बजे जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेलमा कर्णालीसँग पराजित जनकपुर आज पहिलो जितको खोजीमा मैदान उत्रिनेछ भने काठमाण्डूको यो सिजनको पहिलो खेल हो।
त्यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। चितवनसँग पराजित विराटनगर पहिलो जित निकाल्ने दाउमा छ भने सुखद सुरुवात गरेको कर्णाली लगातार दोस्रो जित दर्ता गर्ने प्रयासमा रहनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एनपीएलमा आज: जनकपुर र काठमाण्डू तथा विराटनगर र कर्णाली भिड्दै
Previous Articleदसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी



NPL Special
NPL Special