देशका विभिन्न स्थानबाट स्वास्थ्य सुधार हुने आशा लिएर सिंगा तातोपानी कुण्ड, म्याग्दीमा आउनेको सङ्ख्या बढ्दै गएको छ । दसैँतिहारको बिदा र चिसो बढ्न थालेसँगै यस कुण्डमा स्नान गर्ने पाहुनाको चहलपहल बढेको हो ।
सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार दसैँलगत्तै दैनिक छ सयदेखि सात सय जनासम्मले कुण्डमा स्नान गरिरहेका छन् । विगतका वर्षमा असोज र कात्तिक महिनामा दैनिक एक हजार ५०० जनासम्म स्नान गर्न आउने गरेका थिए । “कुण्डमा एकपटकमा २५० जनासम्मले स्नान गर्न मिल्छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै समयतालिका बनाइएको छ,” अध्यक्ष खड्काले भने ।
गत वर्ष नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट पनि गरी २१ हजारभन्दा बढी व्यक्ति प्राकृतिक तातोपानीमा स्नान गर्न आएको कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीले जानकारी दिए ।असोजदेखि वैशाखसम्मको समयलाई तातोपानी कुण्डमा स्नान गर्ने मुख्य यामका रूपमा लिइन्छ ।
स्थानीयवासी तथा यहाँ आउने पाहुनाले तातोपानीमा स्नान गर्दा छाला, बाथ, ग्यास्ट्रिक तथा चोटपटकका कारण हुने दुखाइमा राहत मिल्ने विश्वास गर्छन् । स्नानसँगै तातोपानी पिउने चलन रहेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएनपीएलमा आज: जनकपुर र काठमाण्डू तथा विराटनगर र कर्णाली भिड्दै
Next Article बङ्गलादेशका परवेज इमोनले जनकपुरबाट एनपिएल खेल्ने



NPL Special
NPL Special