काठमाडौं, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार (मंसिर ११) कोशी र बागमती प्रदेशको हिमाली क्षेत्र तथा देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रसहित विभिन्न प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। बिहान उपत्यका, खोँच तथा तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special