काठमाडौं, मोरङको कानेपोखरी गाउँपालिका-६ मा १४ वर्षीया बालिकामाथि भएको बलात्कार तथा कुटपिटको भिडियो सार्वजनिक भएको अमानवीय घटनाप्रति गृहमन्त्री सुदन गुरुङले कडा प्रतिक्रिया जनाएका छन् ।
नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला आज बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले महिला तथा बालबालिकामाथि हुने हिंसामा सरकारको ‘शून्य सहनशीलता’ रहने स्पष्ट पारेकाअ हुन् । कानुन हातमा लिने र जघन्य अपराध गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिँदै उनले अपराध गर्नुअघि हजार पटक सोच्न आग्रह गरेका छन् ।
यस घटनामा संलग्न ५५ वर्षीय ससुरा र कुटपिटको भिडियो खिचेर भाइरल बनाउने २३ वर्षीय श्रीमान्लाई मोरङ प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कानेपोखरी घटनामा गृहमन्त्रीको कडा चेतावनी: महिला हिंसामा शून्य सहनशीलता
Previous Articleडलर, युरो र रियालको भाउ कति ?


NPL Special
NPL Special
NPL Special
NPL Special