काठमाडौं, प्रतिनिधिसभाका सदस्य डा अर्जुनकुमार कार्कीले कार्बन बजारबाट प्राप्त हुने आर्थिक लाभ वन संरक्षणमा योगदान पु¥याउने स्थानीय समुदाय र आदिवासी जनजातिसम्म पुग्ने सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभएको छ ।
टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) मा आयोजित ‘प्रतिबद्धतादेखि कानुनसम्मः कार्बन बजार, धारा ६ र जलवायु वित्तमा संसदीय पहल’ विषयक कार्यक्रममा उनले कार्बन बजारका निर्णय र सम्झौतामा संसद्को प्रभावकारी निगरानी आवश्यक रहेको बताए ।
जलवायु जोखिममा रहेका देशहरूको समूहअन्तर्गत ग्लोबल पार्लियामेन्टरी ग्रुपले आयोजना गरेको कार्यक्रममा सांसद कार्कीले नेपालले कार्बन बजारका लागि आवश्यक नीतिगत तथा संस्थागत आधार तयार गर्न महत्वपूर्ण प्रगति गरेको उल्लेख गरे । उनले विद्यमान संस्थागत संरचना र नयाँ कार्बन व्यापार प्रणालीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
नेपालको सामुदायिक वन व्यवस्थापन प्रणालीमा स्थानीय समुदायको महत्वपूर्ण योगदान रहेको र सङ्घीय शासन व्यवस्थामा तीनै तहका सरकारको भूमिका रहेकाले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्ने समुदायको अधिकार र हिस्सेदारी सुनिश्चित गर्नुपर्ने सांसद कार्कीको भनाइ थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’
Previous Articleबझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु


NPL Special
NPL Special
NPL Special
NPL Special