रौतहट, गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहारबाट एक जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार हिजो राती ९:१५ बजे बजे सोही स्थान बस्ने अन्दाजी २८ वर्षीय राकेश यादवलाई पेस्तोलको गोलीका छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको हो । उनलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको पनि प्रहरीले स्पष्ट पारेको छ ।
घाइते यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ । घटनास्थलमा ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेका छन् ।
घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleभारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै



NPL Special
NPL Special