काठमाडौं, चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वस्तु आयात ३१.७७ प्रतिशतले बढेर आठ खर्ब तीन अर्ब नौ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब नौ अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात भएको थियो। यस वर्ष आयात एक खर्ब ९३ अर्ब ६४ करोड रुपैयाँले बढेको हो।
यस अवधिमा निर्यात पनि ४३.४८ प्रतिशतले वृद्धि भएर एक खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। आयात र निर्यात बढेसँगै कुल वैदेशिक व्यापार नौ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।
तर, आयातको हिस्सा उच्च हुँदा व्यापार घाटा पनि २९.६५ प्रतिशतले बढेर छ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ।
पहिलो चार महिनामा सबैभन्दा धेरै ६२ अर्ब ८१ करोड रुपैयाँको सोयाबिन तेल आयात भएको छ। त्यसपछि डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको आयात बढी छ। निर्याततर्फ सोयाबिन तेल, गलैँचा र अलैँची प्रमुख वस्तु रहेका छन्।
नेपालले १३७ भन्दा बढी मुलुकसँग व्यापार गरेकोमा भारत र चीन मुख्य व्यापार साझेदार बनेका छन्। भारतसँग तीन खर्ब ४९ अर्ब र चीनसँग उल्लेख्य व्यापार घाटा रहेको विभागको तथ्यांक छ।


NPL Special
NPL Special
NPL Special
NPL Special