चितवन जिल्लामा रहेको धान जोनमा यस वर्ष उत्पादन वढ्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष पाँच हजार मेट्रिक टनले धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ भरतपुरका सूचना अधिकारी सौरज विश्वकर्माका अनुसार गत वर्षको तुलनामा धान जोनमा धानको उत्पादन बढ्ने देखिएको हो । उनका अनुसार गत वर्ष जिल्लामा रहेको धान जोनको क्षेत्रफल आठ हजार ५०० हेक्टरमा ४५ हजार मेट्रिक टन उत्पादन भएको थियो । अहिले यो उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको उनले बताए । उनले भने, “धान जोनमा उत्पादन बढेको छ । क्रपकटिङ गर्दा उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने हामीले अनुमान गरेका छौँ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleश्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ हुम्लामा
Next Article धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल



NPL Special
NPL Special