शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच दुई देशबीचको सम्बन्ध, उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ । सो अवसरमा साइप्रसका विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई अध्ययनका क्रममा आवश्यक सहयोग उपलब्ध गराउने, उनीहरूको हित संरक्षण गर्ने र सम्भावित समस्याको समाधानका लागि सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो ।
भेटमा उच्च शिक्षा अध्ययनका लागि गन्तव्य मुलुक रहेको साइप्रसमा अध्ययनरत विद्यार्थीलाई आवश्यक सहजीकरण गर्न साइप्रस सरकारका तर्फबाट सहयोग गर्ने विषयमा समेत छलफल भएको थियो । यसैगरी उच्च शिक्षाको क्षेत्रमा हुँदै आएको सहकार्यलाई निरन्तरता दिई आगामी दिनमा थप विस्तार गर्ने विषयमा विचारविमर्श भएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता
Previous Articleझाङ बने चीनका सबैभन्दा धनी व्यक्ति
Next Article चलचित्र निर्माणका लागि ९५ लाखसम्म अनुदान



NPL Special
NPL Special