काठमाडौं, नेपालमा अवैध हुन्डी कारोबारको स्वरूप फेरिँदै गएको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ। परम्परागत नगद लेनदेनमा सीमित यस्तो कारोबारमा पछिल्लो समय औपचारिक बैंकिङ प्रणाली, डिजिटल प्रविधि र क्रिप्टोकरेन्सीको समेत प्रयोग हुन थालेको प्रतिवेदनले औंल्याएको छ।
राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआइयू) ले सार्वजनिक गरेको अध्ययनअनुसार हुन्डी कारोबारमा २५ देखि ४४ वर्ष उमेर समूहका व्यक्ति बढी संलग्न छन्। खुद्रा व्यवसायी र रेमिट्यान्सका सब–एजेन्टहरूको संलग्नता पनि बढी देखिएको छ।
प्रतिवेदनले अरूका बैंक खाता, कम्पनी, नगद ओसारपसार र डिजिटल माध्यमबाट हुन्डी कारोबार हुने गरेको उल्लेख गरेको छ। यस्तो कारोबार सम्पत्ति शुद्धीकरण, मानव तथा लागुऔषध तस्करी, भ्रष्टाचार र आतंककारी गतिविधिमा वित्तीय लगानीको माध्यम बन्न सक्ने जोखिमसमेत औंल्याइएको छ।

NPL Special
NPL Special
NPL Special
NPL Special