एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १६ बल बाँकी छँदै पूरा गरेको हो। नेपालका लागि सन्दीप जोराले ३४ र रोहित पौडेलले ३३ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १५ तथा गुल्सन झाले १ रन जोडे। बलिङतर्फ ललित राजवंशीले ४ र कुशल भुर्तेलले ३ विकेट लिए। नेपालले अब जापानसँग खेल्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
Next Article पहिरोले आपूर्ति रोक्दा काठमाडौंमा तरकारीको भाउ बढ्यो


