दक्षिण कोरियाले अन्तर-कोरियाली सीमा क्षेत्रमा हुन सक्ने आकस्मिक झडप रोक्न उत्तर कोरियालाई तत्काल सञ्चार संयन्त्र स्थापना गर्न आग्रह गरेको छ ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा सैन्य सीमा रेखा (एमडीएल) सम्बन्धमा दुवै पक्षबीच साझा समझदारी कायम गर्नुपर्ने र तनाव न्यूनीकरण तथा सीमा क्षेत्रको शान्तिपूर्ण व्यवस्थापनका लागि सञ्चार संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ ।
मन्त्रालयले विगतमा दुवै देशले एकअर्काविरुद्ध सीमावर्ती क्षेत्रमा लाउडस्पीकरमार्फत प्रचारप्रसार गर्दा स्थानीय बासिन्दाले ठूलो सास्ती भोग्नुपरेको उल्लेख गर्दै विगतका गल्ती नदोहो¥याउन आग्रह गरेको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार, दक्षिण कोरियाको उक्त विज्ञप्ति उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी तथा वर्कर्स पार्टी अफ कोरियाको केन्द्रीय समितिकी विभाग निर्देशक किम यो जोङको अभिव्यक्तिपछि आएको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


