साउदी अरबमा हुथी विद्रोहीका आक्रमण बढेपछि अमेरिकाले केही कूटनीतिज्ञ र सरकारी कर्मचारीका परिवारलाई देश छाड्न आदेश दिएको छ। पछिल्ला आक्रमणमा विमानस्थल र तेल पूर्वाधारमा क्षति पुग्नुका साथै कम्तीमा तीन जनाको मृत्यु भएको छ। अमेरिकी विदेश मन्त्रालयले कर्मचारीको सुरक्षा प्राथमिकता रहेको जनाएको छ। अन्य खाडी मुलुकबाट परिवार फिर्ता बोलाइएको खबरलाई भने अमेरिकाले तथ्यहीन भनेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


