रुकुम पश्चिमको बाफिकोट गाउँपालिका-२, स्वारामा घर नजिकै खेलिरहेका ६ वर्षीय बालक रमेश नाथको ढुङ्गा प्रहारबाट मृत्यु भएको छ। शुक्रबार साँझ स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथले बालकको टाउकोमा एक्कासि ढुङ्गाले प्रहार गरेका थिए।
गम्भीर घाइते बालकको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको हो। प्रहरीले ढुङ्गा प्रहार गर्ने भक्तबहादुरलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।


