जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीन परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन्। परियोजनाले कोशी क्षेत्रमा पारिस्थितिक प्रणाली संरक्षण, हिन्दुकुश हिमालयमा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरण र लुम्बिनीमा स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउने लक्ष्य राखेका छन्। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यसलाई महत्वपूर्ण उपलब्धि बताएकी छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


