देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणलगायतका विपद्का घटना भएका हुन् ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोजपुर र मनाङमा सर्पदंशका घटना भएका छन् । त्यस्तै, पाँचथर, रौतहट, बारा, पर्सा, काठमाडौँ, गोरखा, नवलपरासी पश्चिम, बाँके र कञ्चनपुरमा आगलागीका घटना भएका छन् । बाँकेमा जनावरको आक्रमणसमेत भएको प्राधिकरणले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबर्जुमा बोराभित्र पुरुषको शव फेला
Next Article बेनिघाट-तातोपानी सडक खुलाउने काम सम्पन्न


