बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण छन् ।
प्रथम महिला सविता पौडेलसहित राष्ट्रप्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो पुगेका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरी फर्केका हुन् । राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद स्वरुप प्रदान गरेको नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो उनले ग्रहण गरेका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण
Previous Articleसप्तकोशीमा मोटर बोट दुर्घटना, तीनको मृत्यु, पाँच बेपत्ता


