सम्पत्ति शुद्धीकरण र नागरिकता किर्ते विवादमा परेकी बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारी निर्णय विरुद्ध आज राष्ट्रिय जेन्जी नागरिक अभियानले काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने भएको छ । अभियानको केन्द्रीय समितिले आइतबार एक सूचना जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मिति गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सो नियुक्ति निर्णयप्रति आपत्ति जनाएको हो । अभियानका अनुसार, डोल्मामाथि नागरिकता किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


