म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक एवं वाह्य पर्यटकका रोजाइमा पर्न थालेको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको छेउमा रहेको यो कुण्ड पर्यटकका लागि विश्रामस्थल बनेको छ।
अन्नपूर्ण चक्रीय पदमार्ग, बेनी-जोमसोम सडक हुँदै मुस्ताङ जाने-आउने र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि भुरुङ्ग-तातोपानी आकर्षक गन्तव्य बनेको हो । यहाँको प्राकृतिक तातोपानीमा स्नान गरेपछि यात्राको थकान मेटिने अनुभव पर्यटकले सुनाउने गरेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह
Next Article कोदो खेती घट्दो, पिठोको माग उच्च


