पछिल्लो समयमा जुम्ला जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा रहेको छ । बजारमा कोदोको पिठो उच्च माग बढे पनि खेती गर्नेको सङ्ख्या बिस्तारै घट्दै जाने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।
कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको छैन । लोपोन्मुख बनेको कोदो खेतीलाई प्रवद्र्धन गर्न सम्बन्धित निकायको कुनै चासो नगएको तिला-१ राराका अगुवा किसान नर रावतको भनाइ छ ।
कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८५० मेट्रिकटन कोदो उत्पादन भएको छ । यो उत्पादन विगतको तुलनामा धेरै न्यून हो । हाल यहाँका आठवटै स्थानीय तहमा दुई हजार ७४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleथकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी
Next Article दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि


