श्रीलङ्काका विकेटकिपर-ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।
जनकपुरले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आज परेरालाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।
जनकपुरले सामाजिक सञ्जालमा परेरालाई स्वागत गर्दै लेखेको छ, ‘‘निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपिएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन् ।
परेराले यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) सहित विभिन्न सात फ्रेन्चाइज लिग खेलिसकेका छन् । एनपिएल उनका लागि आठौँ लिग हुनेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि
Next Article प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो


