श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन् ।
उनी हुम्लाका अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी भए । यसक्रममा उनले भने, “राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको असमान वितरण भएका कारण शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवा र सुविधा सहर केन्द्रित छ । यसैका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ ।” नागरिकलाई समयअनुसारका आवश्यक सेवासुविधा सबै क्षेत्रमा उपलब्ध गराउन सके मानिसहरू जुनसुकै ठाउँमा पनि बस्न सक्ने उनले बताए ।
सो अवसरमा उनले तुइनबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता समेत जनाए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleझापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
Next Article धान ‘जोन’ मा उत्पादन बढ्यो



NPL Special
NPL Special