झापामा गत भदौको तुलनामा असोज महिनामा सवारी दुर्घटनाको ग्राफ उल्लेख्य रूपमा बढेको छ । असोजमा भएका १५५ वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २४७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार भदौमा ८८ सवारी दुर्घटना भएकामा असोजमा १५५ पुगेको हो । एक महिनाको अवधिमा दुर्घटनाको सङ्ख्या ६७ ले बढेको छ । भदौमा चार जनाको मृत्यु भएकामा असोजमा १३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, भदौमा १३५ जना घाइते भएकामा असोजमा यो सङ्ख्या बढेर २४७ पुगेको छ
यसअघि साउनमा ३९ वटा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । प्रहरीको तथ्याङ्कले साउनदेखि असोजसम्म दुर्घटनाको सङ्ख्या निरन्तर बढेको देखाउँछ । यद्यपि, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने साउनको तुलनामा भदौमा घटेको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleराष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ सुरु
Next Article श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ हुम्लामा



NPL Special
NPL Special