आजदेखि देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभाव रहने मौसम बिज्ञान विभागले जनाएको छ ।
बिभागका अनुसार आज कार्तिक १२ गते (बिहीबार) दिउँसो कोशी, मधेश, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा बाँकी हिमली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहको छ । मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ।
साथै आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा अधिकांश बादल लाग्ने छ तथा बाँकी भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special