झापामा मानव-हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासनले सुरक्षा कार्ययोजनाको पुनरावलोकन सुरु गरेको छ ।
यही कात्तिक ३ गते जङ्गली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका-२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएपछि प्रशासनले कार्ययोजनाको प्रभावकारिता समीक्षा गर्न थालेको हो ।
मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने, सामुदायिक वनका हेरालुलाई सक्रिय बनाउने तथा साइरनलगायतका उपकरण दुरुस्त राख्ने विषयलाई प्राथमिकता दिइएको छ । वन क्षेत्रमा हात्तीका लागि आहारा र पानीका स्रोतको संरक्षण, जैविक मार्गको व्यवस्थापन तथा सौर्य विद्युतीय तारबारको मर्मतसम्भारलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
Previous Articleआज नेपालमा चक्रवात ‘अर्नब’ को प्रभाव कस्तो रहने छ?



NPL Special
NPL Special