नेपाली कथानक चलचित्र ‘गौँथली’ले फ्रान्सको ‘वर्ल्ड फिल्म फेस्टिभल इन कान – रिमेम्बर द फ्युचर’को अक्टोबर संस्करणमा ‘उत्कृष्ट विदेशी चलचित्र’ को अवार्ड जित्न सफल भएको छ।
अन्तर्राष्ट्रिय मञ्चमा चलचित्रले पाएको यस सफलतापछि निर्देशक डा. कपिल रिजालले भावुक हुँदै यो जित सिंगो टोली र दर्शकको भएको बताएका छन्। उनले भने, “२५ वर्षअघि बुवाले (डा. भोला रिजाल) रोप्नुभएको सिर्जनाको बीउलाई नयाँ पुस्तामाझ नयाँ रूपमा हुर्काउन पाउनु गर्वको कुरा हो”।
‘गौँथली’ले अवार्ड जितेको उक्त फेस्टिभल फ्रान्सको कान सहरमै आयोजना हुने भए तापनि, यो विश्वप्रसिद्ध मुख्य ‘कान फिल्म फेस्टिभल’ भने होइन। यो प्रत्येक महिना अनलाइन र भौतिक रूपमा आयोजना हुने एउटा छुट्टै, स्वतन्त्र विधाको मासिक फेस्टिभल हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअमेरिका पुगेपछि बोल्सोनारोको राष्ट्रपति भएको दाबी
Next Article राहुलको घातक बलिङ, काठमाडौं ११५ रनमै अलआउट



NPL Special
NPL Special