यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।
पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने नेपाने, गिवाङ, झारवाङ, किन्दु, धस्केखोरे, सोभित्ता, भुवानथान, बिरौटा, शिख, हल्लेखर्कको पहिरोको अध्ययन गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खटाएका परामर्शदाता ‘पिपुल इन निड’का भूगर्भविद् लेखप्रसाद भट्टले स्थलगत निरीक्षण, प्रभावितसँग छलफल, नमूना सङ्कलनका साथै ड्रोनको सहायताले पहिरोको अध्ययन गरिएको बताए ।
“अन्नपूर्ण गाउँपालिकाको माग र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा सिफारिसका आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाउद्धार गाउँको पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गर्न पठाएको हो”, उनले भने, “पाउद्धारमा बस्ती बसाउन उपयुक्त हुने-नहुने भन्ने विषयमा सुझाव दिनका लागि केन्द्रित भएर अध्ययन गरेका हौँ ।”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसर प्याट्रिक स्टुअर्टको निधन
Next Article अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी



NPL Special
NPL Special