काठमाडौं, नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको निर्देशनमा पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता-२०२६’ आयोजना गर्ने भएको छ ।
पर्यटनलाई डिजिटल माध्यमबाट प्रवर्द्धन गर्ने योजनाअनुसार उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामार्फत कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको बोर्डले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक श्रव्यदृश्य सामग्री (भिडियो रिल) तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई रु एक लाख पुरस्कार प्रदान गरिनेछ । पर्यटन बोर्डले जारी गरेको सूचनाअनुसार रिल अङ्ग्रेजी सबटाइटल वा भ्वाइसओभरसहित हुनुपर्ने र पठाउने अन्तिम मिति मङ्सिर ५ तोकिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पर्यटन बोर्डले ल्यायो कुकुर तिहार रिल प्रतियोगिता, एक लाख पुरस्कार
Previous Articleगोली प्रहारबाट एक जना गम्भीर घाइते
Next Article डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ



NPL Special
NPL Special