काठमाडौं, नेपाली क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरेका छन्। बुधबार सार्वजनिक नयाँ वरियतामा उनी पाँचौँबाट छैटौँ स्थानमा पुगेका हुन्। उनको रेटिङ २५५ अंकमै यथावत् छ। अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ तीन स्थान सुधार गर्दै तेस्रोमा उक्लिएपछि दीपेन्द्रको स्थान खस्किएको हो। वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special