काठमाडौं, साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान हुने भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा छुट्टै टोली गठन गरेको छ।
कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। उनीहरू चीनको जियाङ्सु ग्वाङ्डोङका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन हुन्।
प्रहरीले गत असोज २२ गते बूढानीलकण्ठको माथिल्लो भंगालस्थित एक घरबाट उनीहरूलाई २१ किलो ७५०.६८ ग्राम सुनसहित पक्राउ गरेको थियो। बरामद सुनको तत्कालीन बजार मूल्य ५४ करोड ६० लाख सात हजार ३२० रुपैयाँ रहेको थियो।
प्रहरी अनुसन्धानका क्रममा चिनियाँ समूहले घर भाडामा लिएर सुन प्रशोधन गर्ने कारखाना सञ्चालन गरेको खुलेको थियो। प्रहरीले उक्त घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का र लेसिलो अवस्थाको सुन बरामद गरेको थियो।
:::


NPL Special
NPL Special
NPL Special
NPL Special