काठमाडौं, नेपाल आर्मी फुटबल क्लबलाई २-० गोलले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) क्लब प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धरान उपमहानगरपालिका-१६ स्थित धरान रङ्गशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा दुई विभागीय टोलीबीच भएको प्रतिस्पर्धामा एपीएफले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको नवौँ मिनेटमा एपिएफका अनिता बस्नेतले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।
त्यस्तै, क्याप्टेन गीता राणाले पहिलो हाफको ४४औँ मिनेटमा अर्को गोल थपेकी थिइन् । खेलमा एपिएफकी गीता राणा ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleभौगर्भिक सम्मेलन आजदेखि


NPL Special
NPL Special
NPL Special
NPL Special