काठमाडौं, हरिबोधनी एकादशीका अवसरमा आज देशभरका विभिन्न मठमन्दिर तथा धार्मिकस्थलमा भक्तजनले भगवान् विष्णुको पूजा-आराधना गरी पर्व मनाएका छन्। तुलसी विवाह र व्रतसँग विशेष सम्बन्ध रहेको यस पर्वका अवसरमा देखिएका केही दृश्य तस्बिरमा:

हरिबोधनी एकादशीका अवसरमा शुक्रबार बिहान बूढानीलकण्ठ मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल / रासस

हरिबोधनी एकादशीका अवसरमा शुक्रबार बिहान बूढानीलकण्ठ मन्दिरमा पूजाअर्चना तथा दर्शनका लागि आएका भक्तजन धूपबत्ती बाल्दै । तस्बिरः हरिराम भेटुवाल / रासस

हरिबोधनी एकादशी पर्वका अवसरमा शुक्रबार पोखराको तुलसीघाटस्थित सेती नदीमा पूजा आराधना गर्दै श्रद्धालु भक्तजन। तस्बिरः कृष्ण दवाडी / रासस

हरिबोधनी एकादशीका अवसरमा आज पोखराको रामघाटस्थित सेती नदीमा स्नान गर्दै भक्तजन। तस्बिरः राधिका कँडेल / रासस

दाङको घोराही उपमहानगरपालिका-१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्रमा शुक्रबार हरिबोधनी एकादशीको पूजाका लागि बाँसको लिङ्गो खरिद गर्दै सर्वसाधारण । तस्बिरः कुलदीप न्यौपाने / रासस

कालिगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाट नदीमा फूलको डोली बगाउँदै भक्तजन । तस्बिरः सनद अधिकारी / रासस

कालिगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाट नदीमा शुक्रबार फूलको डोली बगाउन, तोरण तार्न तथा तुलसीको मठ बनाई पूजा आराधना गर्न आएका भक्तजन । तस्बिरः सनद अधिकारी / रासस

हरिबोधनी एकादशीका अवसरमा शुक्रबार कालिगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाट फूलको डोली बगाउन, तोरण तार्न, तुलसीको मठ बनाई परिक्रमा तथा पूजा आराधना गर्नडोलीसहित देवघाटन आएका भक्तजन । तस्बिरः सनद अधिकारी / रासस

नवलपुरका भक्तजनहरुले निकालेको फूलको डोलासहितको तोरण । यस डोलासहितको तोरणलाई नदी तारेपछि परलोकमा मोक्ष प्राप्त गर्ने विश्वासका साथ भक्तजनहरुले फूलको डोलासहितको तोरणलाई नारायणी नदीमा तार्ने गर्छन् । तस्बिरः टेकराज पोखरेल / रासस

रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावतीस्थित उतरगया धाममा स्नान गर्न, पूजा आराधना तथा बत्ती बाल्न र फूलको डोली तार्न आएका भक्तजन । उक्त स्थलमा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको हो । तस्बिरः सरस्वती न्यौपाने / रासस

उपत्यकाका चार नारायणमध्ये जेठो नारायणका रुपमा मानिने लिच्छवीकालीन ऐतिहासिक १८०० वर्ष पुरानो भक्तपुरको चाँगुनारायण मन्दिरमा बिहान २ बजेदेखि नै दर्शनार्थीको आगमन भएको स्थानीय बताउँछन् । तस्बिरः रमेश गिरी / रासस


NPL Special
NPL Special
NPL Special
NPL Special